२६ जेष्ठ २०८२, आईतवार

हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ

 

५ पुस, काठमाडौं। धारिलो हतियार खुकुरी देखाउँदै ८० वर्षका दम्पत्तिको गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तनहुँको रिसिङ गाउँपालिका–२ काउँशिवपुर घर भइ पोखरा रामबजार बस्दै आएका ३७ वर्षीय मोहन भनिने मधुसिंङ थापा मगर, बाग्लुङको बाङ्गादोबान गाउँपालिका–३ तमान घर भइ पोखरा लेकसाइड बस्दै आएका ३८ वर्षीय प्रकाश थापा र रोल्पाको थवाङ गाउँपालिका–३ घर भइ पोखरा मालेपाटन बस्दै आएका ३२ वर्षीय गोपाल नेपाली छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।

यो समूहले २३ मंसिरको राति १२ बजेतिर पोखरा बगनास गैह्राघर बस्ने ८० वर्षीय वेदुनाथ अधिकारीको घरमा खुकुरी देखाउँदै लुटपाट गरेको थियो। नकाव लगाएर आएको समूहले उनकी श्रीमतीलाई कुटपिट गर्दै उनले लगाएको सुनका गरगहना औंठी, रिङ लुटपाट गरेको आरोप छ ।उनीहरुबाट घटनामा प्रयोग भएको २ थान खुकुरी समेत बरामद गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । पक्राउ परेकाहरुलाई चोरी तथाँ डाँकाको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?