धनकुटामा बलात्कार आरोपमा युवक पक्राउ
३ पुस, काठमाडौं । धनकुटामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–३, स्याउले मोडमा डेरा गरी बस्दै आएका सिन्धुलीको सुनकोसी गाउँपालिका–७, गैरीटोलका २१ वर्षीय लीलाबहादुर विश्वकर्मा छन् ।
१५ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । मंगलबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । लीलाबहादुरले ती बालिकालाई आफ्नो डेरामा लगेर सोमबार राति बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment