त्रिविमा एकैपटक ८ डिन नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ३०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
त्रिविमा एकैपटक ८ डिन नियुक्त

सारांश

  • शनिबार बसेको त्रिवि कार्यकारी परिषद‍्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो।
  • नियुक्ति पाएकाहरूलाई आज (आइतबार) नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ।
  • त्रिविका प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन्।

३० मंसिर, त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा एकैपटक ८ जना डिन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद‍्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो।

नियुक्ति पाएकाहरूलाई आज (आइतबार) नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ। त्रिविका प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन्। त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राडा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर

वज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल डिन नियुक्त भएका हुन् । बैठकले योजना निर्देशनालयका निर्देशकमा डा लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राडा मीना राजभण्डारीलाई नियुक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते
चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते
मदन भण्डारी राजमार्गभित्र परेका रूख कटान तीव्र
मदन भण्डारी राजमार्गभित्र परेका रूख कटान तीव्र
आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने
आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने
गुण्डुमा सुरु भयो एमाले सचिवालय बैठक
गुण्डुमा सुरु भयो एमाले सचिवालय बैठक
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
बढ्यो सुन–चाँदीको मूल्य , आज कतिमा हुँदैछ किनबेच?
बढ्यो सुन–चाँदीको मूल्य , आज कतिमा हुँदैछ किनबेच?
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
विदेशमा भएको मेलमिलाप नेपालमा पनि कार्यान्वयन हुने गरी ऐन बनाइँदै
विदेशमा भएको मेलमिलाप नेपालमा पनि कार्यान्वयन हुने गरी ऐन बनाइँदै
प्रहरीको ब्यारिकेडमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
प्रहरीको ब्यारिकेडमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
प्रतिनिधिसभा विशेष समय ः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा विशेष समय ः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण