नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन पहल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २८, २०८१
|
|
२६ पटक हेरिएको
Shares
नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन पहल

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ ।
  • नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य राष्ट्रहरुमा सोसरहको मान्यता नपाउँदा नेपालका चिकित्सा विद्यार्थीलाई समस्या भैरहेको छ ।
  • यस्तो समस्या अन्त्य गर्न तथा पूर्ण शुल्कमा विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको कदमको फलस्वरुप मन्त्रालयले पहल थालेको हो ।

२८ मंसिर,  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ ।नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य राष्ट्रहरुमा सोसरहको मान्यता नपाउँदा नेपालका चिकित्सा विद्यार्थीलाई समस्या भैरहेको छ ।

यस्तो समस्या अन्त्य गर्न तथा पूर्ण शुल्कमा विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको कदमको फलस्वरुप मन्त्रालयले पहल थालेको हो । शुरुवातमा माल्दिभ्सलगायत सार्क देशका विद्यार्थीलाई चिकित्सा शिक्षाको आपसी मान्यता प्रक्रिया सहज बनाउन सहजीकरण र कोटा व्यवस्थापनका उपाय खोज्न भन्दै मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन दिन भनेको छ । ३० दिनभित्र प्रतिवेदन दिने गरी उपाय सुझाउन मन्त्रालयअन्र्तगतको नीति योजना तथा अनुगमन महाशाखाले काउन्सिललाई पत्राचार गरेको प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

गत महिना इन्डोनेसियामा एक कार्यक्रममा गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई त्यहाँका स्वास्थ्य मन्त्रीले स्नातकोत्तर शिक्षा दिनका लागि आग्रह गरेका थिए । जवाफमा मन्त्री पौडेलले आफूले यसका लागि पहल गर्ने बताए पछि मन्त्रालयले काम अघि बढाएको हो ।समितिले दिएको प्रतिवेदनले चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बनाउन विदेशी विद्यार्थीको चासो सम्बोधन गर्न सफल हुने विश्वास लिएको मन्त्री पौडेलले बताए । नेपालमा अध्ययन गरेका चिकित्सा विद्यार्थीको समस्या समाधान गर्ने हाम्रो उद्देश्य हो, मन्त्री पौडेलले भने, सँगै, नेपालमा पूर्ण शुल्कमा विदेशी विद्यार्थीसमेत पढाउन सकिए हाम्रो शिक्षाको स्तर र देशमा विदेशी मुद्रा दुवै वृद्धि गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं ।

अहिले भारतलगायतका मुलुकमा स्नातकोत्तर अध्ययन गरेकाले नेपालमा सहजै अभ्यास गर्न पाए पनि नेपालमा अध्ययन गरेका विद्यार्थीका हकमा भने आपसी मान्यता प्राप्त नहुँदा कठिनाइ भैरहेको छ । आपसी मान्यता पाउने गरी कम्तिमा सार्कस्तरमा पहल गर्न सकिएमा नेपालमा विदेशी विद्यार्थीको आकर्षण बढाउन सकिने विश्वास गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट
नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट
आजको मौसम : पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
रामेछापमा ७२ वर्षीया महिलाको ह*त्या गरी फरार रहेका आरोपी पक्राउ
रामेछापमा ७२ वर्षीया महिलाको ह*त्या गरी फरार रहेका आरोपी पक्राउ
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’
‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’
सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. को उद्घाटन
सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. को उद्घाटन
एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने
एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन