२६ जेष्ठ २०८२, आईतवार

हिरासत म्याद थप्न आज अदालत लगिँदै रवि लामिछाने

२७ मंसिर, पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज फेरि अदालत उपस्थित गराइँदै छ। पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई थप समय हिरासतमा राख्न प्रहरीले आज जिल्ला अदालत कास्कीसँग अनुमति लिन लागेको हो।

पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले आज अदालत लगेर पुनः म्याद थप्न लागिएको हो।  गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएका लामिछाने त्यसयता प्रहरीको हिरासतमा छन्। यसबीच उनीविरुद्ध यसअघि ६ पटकसम्म हिरासत म्याद थपिएको छ। आज थपिए सातौँपटक हुनेछ।

आज गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँगै सोही प्रकरणमा समातिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, जीबी राईका साझेदार रामबहादुर खनाल र लीला पछाईंलाई पनि कास्की प्रहरीले अदालत उपस्थित गराउँदै छ।  लामिछानेविरुद्ध  ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।

यसबीच उनलाई रुपन्देही (बुटवल), काठमाडौँ, चितवन र पर्सा (वीरगन्ज) का विभिन्न सहकारी ठगी आरोपमा समेत ती स्थानमा लगेर बयान लिइएको छ।  रविविरुद्ध पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?