२६ जेष्ठ २०८२, आईतवार

नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना

 

२१ मंसिर,काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरुमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना आह्वान गरेको हो।

नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार १ सय ६५ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ५८ जनाका छन्। जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ भान्छेतर्फ ४७ जना र कुचीकारतर्फ ११ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?