रविसँग आज पनि बयान लिइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
३६ पटक हेरिएको
Shares
रविसँग आज पनि बयान लिइँदै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिइँदैछ ।
  • गत शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेसँग आइतबार पनि बयान नसकिएपछि आज लिन लागिएको हो ।
  • उनलाई बयानका लागि बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएको थियो ।

१७ मंसिर, काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिइँदैछ । गत शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेसँग आइतबार पनि बयान नसकिएपछि आज लिन लागिएको हो ।

उनलाई बयानका लागि बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएको थियो । आज उनको बयान सकिएमा पोखरा फर्काउने प्रहरीको तयारी छ । लामिछानमाथि चितवनमा पनि उजुरी परेकाले पोखराबाट उनलाई बयानका लागि चितवन लगिने छ ।

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा काठमाडौं ल्याएर बयान लिइएको हो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने
असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
बन्नेभयो चलचित्र ‘द ब्ल्यू लाइट’
बन्नेभयो चलचित्र ‘द ब्ल्यू लाइट’
देशका अधिकांश स्थानमा पानी पर्ने, चार प्रदेशमा ‘भारी वर्षाको सम्भावना
देशका अधिकांश स्थानमा पानी पर्ने, चार प्रदेशमा ‘भारी वर्षाको सम्भावना
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
९ बुँदे सहमति खारेज गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन
९ बुँदे सहमति खारेज गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन
गभर्नरमा उमेरहद : ६५ वर्ष नाघेकालाई गभर्नर बनाउन नपाइने
गभर्नरमा उमेरहद : ६५ वर्ष नाघेकालाई गभर्नर बनाउन नपाइने
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी: आशुतोष साह
जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी: आशुतोष साह