विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
४९ पटक हेरिएको
Shares
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

सारांश

  • सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा परम्परागत रूपमा फूलबारी लिला मनाइँदै छ ।
  • यस अवसरमा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने परम्परा रहेको छ ।
  • साँझ विवाहमण्डप नजिकै रहेको फूलबारीमा राम र लक्ष्मणको अवलोकन गराइने कार्यक्रम छ ।

१७ मंसिर, जनकपुरधाम ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा परम्परागत रूपमा फूलबारी लिला मनाइँदै छ । यस अवसरमा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने परम्परा रहेको छ । साँझ विवाहमण्डप नजिकै रहेको फूलबारीमा राम र लक्ष्मणको अवलोकन गराइने कार्यक्रम छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकीको स्वरूपमा सिँगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने परम्परा छ ।

किंवदन्ती अनुसार, त्रेता युगमा गुरु विश्वामित्रसँग धनुष यज्ञमा भाग लिन अयोध्याबाट आएका राम र लक्ष्मण पुष्पबाटिकामा घुम्न जाँदा राम र सीताको नजर एकअर्कामा परेको थियो। त्यही बेला जानकीले रामलाई जीवनसाथीका रूपमा पाउन मनोकामना गरेको जनविश्वास रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दासले बताए । त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी पर्व मनाइन्छ ।

यस वर्ष मंसिर १६ गतेबाट सुरु भएको विवाहपञ्चमी २२ गतेसम्म चल्ने छ । हिजो पहिलो दिन जानकी मन्दिरमा नगरदर्शन लिला सम्पन्न भएको थियो । भोलि मंसिर १८ गते धनुष यज्ञ, मंसिर १९ गते तिल्कोत्सव, मंसिर २० गते राम र जानकीको मटकोर र मंसिर २१ गते विवाहपञ्चमी रहेको छ । मंसिर २२ गते रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
आज पनि बढ्यो सुनचाँदीको मूल्य
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मेयर हर्क साम्पाङसहित तीनजना विरुद्ध अभद्र व्यवहारमा उजुरी
मेयर हर्क साम्पाङसहित तीनजना विरुद्ध अभद्र व्यवहारमा उजुरी
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने घोषणा
निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने घोषणा
आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त
आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त
विमानस्थल भन्सारमा सशस्त्र राखेपछि रिसायो नेपाल प्रहरी
विमानस्थल भन्सारमा सशस्त्र राखेपछि रिसायो नेपाल प्रहरी
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता