एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बने मार्टिन गप्टिल
१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सका ओपनर मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध उनले ३६ बलमा अर्धशतक बनाएका हुन् । यो एनपीएलको पहिलो अर्धशतक पनि हो । अहिलेसम्म विराटनगर १२ ओभरमा ३ विकेट गुमाएर ८३ रन बनाएर खेलिरहेको छ ।टस जितेर जनकपुरले बलिङ रोजेसँगै विराटनगर ब्याटिङमा उत्रिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment