भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु,
१३ मंसिर, भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरचोकमा आज (बिहीबार) बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।



१३ मंसिर, भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरचोकमा आज (बिहीबार) बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

यहाँबाट काठमाडौँतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका-५, द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका हुन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको हो। घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ। प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका-४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ।


Post Comment