उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरू)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  (तस्वीरहरू)

सारांश

  • सत्तारूढ नेकपा एमालले दरबारमार्गमा, सहकारी पीडितहरुले माइतीघर मण्डलामा र दुर्गा प्रसाई समूहले कोटेश्वरमा प्रदर्शन गरिरहँदा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
  • दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्याली विकालेको सत्तारूढ पार्टीले प्रदर्शन थालेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो ।
  • काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार क्षेत्रमा अत्यधिक जाम छ ।

७ मंसिर, काठमाडौँ ।

सत्तारूढ नेकपा एमालले दरबारमार्गमा, सहकारी पीडितहरुले माइतीघर मण्डलामा र दुर्गा प्रसाई समूहले कोटेश्वरमा प्रदर्शन गरिरहँदा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्याली विकालेको सत्तारूढ पार्टीले प्रदर्शन थालेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार क्षेत्रमा अत्यधिक जाम छ ।

त्यस्तै माइतीघर मण्डला पनि सहज हुन सकेको छैन । कोटेश्वर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापन सहज छैन । काठमाडौँको एक ठाउँमा जाम हुनासाथ त्यसको असर धेरै ठाउँमा पर्छ । मुख्य केन्द्रहरुमै जामको असर परेसँगै उपत्यका अस्तव्यस्त देखिएको छ ।

तस्वीरहरू:-

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?