उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरू)
७ मंसिर, काठमाडौँ ।
सत्तारूढ नेकपा एमालले दरबारमार्गमा, सहकारी पीडितहरुले माइतीघर मण्डलामा र दुर्गा प्रसाई समूहले कोटेश्वरमा प्रदर्शन गरिरहँदा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्याली विकालेको सत्तारूढ पार्टीले प्रदर्शन थालेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार क्षेत्रमा अत्यधिक जाम छ ।
त्यस्तै माइतीघर मण्डला पनि सहज हुन सकेको छैन । कोटेश्वर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापन सहज छैन । काठमाडौँको एक ठाउँमा जाम हुनासाथ त्यसको असर धेरै ठाउँमा पर्छ । मुख्य केन्द्रहरुमै जामको असर परेसँगै उपत्यका अस्तव्यस्त देखिएको छ ।
तस्वीरहरू:-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment