डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु

सारांश

  • डेंगी संक्रमणबाट पछिल्लो तीन महिना (जुन, जुलाई र अगस्ट) मा १४ जनाको मृत्यु भएको छ ।
  • संक्रमितको संख्या २३ हजार नाघेको छ ।
  • इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ४ सेप्टेम्बरसम्म संक्रमितको संख्या २३ हजार १२७ पुगेको हो ।

१९ भदौ, काठमाडौं । डेंगी संक्रमणबाट पछिल्लो तीन महिना (जुन, जुलाई र अगस्ट) मा १४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ४ सेप्टेम्बरसम्म संक्रमितको संख्या २३ हजार १२७ पुगेको हो ।

अगस्टमा मात्रै १५ हजार २८४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । सबैभन्दा धेरै संक्रमित कोसी प्रदेशमा १७ हजार ५३० जना छन् । त्यस्तै, वाग्मतीमा तीन हजार २७७, मधेसमा ५१९, गण्डकीमा ६८३, लुम्बिनीमा ३९०, कर्णालीमा ४८ र सुदूरपश्चिममा ६८० जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा ७९९ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?