रवि लामिछानेलाई आजै पोखरा लगिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
४८ पटक हेरिएको
Shares
रवि लामिछानेलाई आजै पोखरा लगिने

सारांश

  • सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा विहीबार दिउँसो कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।
  • रास्वपाका कार्यकर्ताहरूले मोटर साइकल रर्यालीगर्दै बुटवल देखि भैरहवा पुगेका छन् ।
  • मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई मँगलबार मौखिक बयान लिइएको थियो भने बुधवार ९ घण्टासम्म लिखित बयान लिएपनि पूरा नभएपछि विहीबार पुनः बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय उपस्थित गराइएको छ ।

२९ कात्तिक, बुटवल।सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा विहीबार दिउँसो कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

रास्वपाका कार्यकर्ताहरूले मोटर साइकल रर्यालीगर्दै बुटवल देखि भैरहवा पुगेका छन् । मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई मँगलबार मौखिक बयान लिइएको थियो भने बुधवार ९ घण्टासम्म लिखित बयान लिएपनि पूरा नभएपछि विहीबार पुनः बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय उपस्थित गराइएको छ । रवि निर्दोष रहेको भन्दै रास्वपाका कार्यकर्ताहरूले सरकार विरुद्ध नाराबाजि गर्दै भैरहवा पुगेका हुन् । रविको बयान आजै सकिने र ४. ४० को फलाईटमा उनलाई पुनः पोखरा पठाइने गरी प्रहरीले तयारी गरेको छ ।

पोखरा पठाउने समयमा जिल्ला सरकार वकिलको कार्यालयदेखि विमानस्थलसम्म उनको समर्थनमा नारा लगाउँदै विदाई गर्ने कार्यक्रम रहेको बताइएको छ । रविलार्ई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्व गृहमन्त्री लामिछानेलाई मङ्गलवार दिउँसो रुपन्देही ल्याइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
दाङमा सर्पको टोकाइबाट एक जनाको मृ*त्यु
दाङमा सर्पको टोकाइबाट एक जनाको मृ*त्यु
१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर
१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर
‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम
‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम
प्रमुख दलका शीर्ष नेताहरु ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
प्रमुख दलका शीर्ष नेताहरु ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
सुडानमा हवाई आक्रमण, एउटै परिवारका १४ को मृत्यु
सुडानमा हवाई आक्रमण, एउटै परिवारका १४ को मृत्यु
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित
प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...