विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर भारतको राजधानी दिल्ली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २८, २०८१
|
|
३४ पटक हेरिएको
Shares
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर भारतको राजधानी दिल्ली

सारांश

  • आइक्यू एअरको पछिल्लो तथ्याङ्क अनुसार, दिल्ली विश्वका सबैभन्दा प्रदूषित प्रमुख सहरहरूको सूचीमा पहिलो स्थानमा छ।
  • दिल्लीको वायु गुणस्तर सूचकांक अत्यन्तै खराब (एआईक्यू) ७२१ रहेको छ।
  • तथ्याङ्कले शीर्ष १० भित्र भारतका तीन सहरको अवस्था चिन्ताजनक रहेको देखाएको छ।

२८ कात्तिक, भारतको राजधानी दिल्ली विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। आइक्यू एअरको पछिल्लो तथ्याङ्क अनुसार, दिल्ली विश्वका सबैभन्दा प्रदूषित प्रमुख सहरहरूको सूचीमा पहिलो स्थानमा छ।

दिल्लीको वायु गुणस्तर सूचकांक अत्यन्तै खराब (एआईक्यू) ७२१ रहेको छ। तथ्याङ्कले शीर्ष १० भित्र भारतका तीन सहरको अवस्था चिन्ताजनक रहेको देखाएको छ। भारतकै कोलकाता, मुम्बई क्रमश: आठौं र नवौं स्थानमा सबैभन्दा धेरै प्रदूषित सहरको बनेको छ।भारतपछि पाकिस्तानको लाहोर ४९९ एआईक्यूका साथ दोस्रो स्थानमा रहेको छ भने भियतनामको हनोइ २०३ एआईक्यूका साथ तेस्रोमा रहेको छ।

सूचीको चौथो स्थानमा खाडी मुलुक कतारको राजधानी दोहा छ। दोहाको एआईक्यू १६३ रहेको छ। पाँचौं स्थानमा १६२ एआईक्यू पाएर मंगोलियाको उलानबाटर छ। शीर्ष १० भित्र इजिप्टको कायरो, बंगलादेशको राजधानी ढाका र बहराइनको मनामा सहर परेका छन्। नेपालको वायु पनि मंगलबारको भन्दा कम सुधार देखिएको छ। तेह्रौं स्थानमा रहेको राजधानी काठमाडौंको एआईक्यू १४५ रहेको छ। वायु प्रदूषण बढ्दा स्वास फेर्न गाह्रो हुनेलगायतका स्वास्थ्य समस्या देखिने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल
जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल
सालीको हत्याको आरोपमा भिनाजु पक्राउ
सालीको हत्याको आरोपमा भिनाजु पक्राउ
यस्तो छ आज विदेशी मुद्राको विनियम दर, कुन देशको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनियम दर, कुन देशको कति ?
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु
म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित
तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँबाट १५ करोडको कोकिन बरामद, ४ जना विदेशी पक्राउ
काठमाडौँबाट १५ करोडको कोकिन बरामद, ४ जना विदेशी पक्राउ
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका