साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
५२ पटक हेरिएको
Shares
साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री

सारांश

  • साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ ।
  • धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो ।
  • कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा रु पाँच करोड २३ लाख मूल्यबराबरको नुन बिक्री गरेको छ ।

२७ कात्तिक,जनकपुरधाम,। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा रु पाँच करोड २३ लाख मूल्यबराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दसैँतिहार तथा छठपर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ ।

गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सोसहुलियतदरको पसलबाट हालसम्ममा पाँच हजार छ सय प्याकेट नुन बिक्री गरेर रु दुई लाख ६१ हजार कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताए । सहुलियत दरका सो पसलबाट रु २४ प्रतिप्याकेट तथा सोभै डिलरमार्फत रु २६ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ । यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैरहवा ल्याइँदै दीपक बोहराको पार्थिव शरीर
भैरहवा ल्याइँदै दीपक बोहराको पार्थिव शरीर
इनिशा ह*त्याको छानविन गर्न माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन
इनिशा ह*त्याको छानविन गर्न माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन
प्रचण्डका साथ छोडेका रहबर प्रदेश सभा सदस्यबाट पनि राजीनामा दिने तयारीमा
प्रचण्डका साथ छोडेका रहबर प्रदेश सभा सदस्यबाट पनि राजीनामा दिने तयारीमा
आयोगद्वारा निर्वाचन सम्पन्न प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस
आयोगद्वारा निर्वाचन सम्पन्न प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
गायक उदित नारायणको घरमा आगलागी, एकको मृत्यु
गायक उदित नारायणको घरमा आगलागी, एकको मृत्यु
मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु नियन्त्रणमा
मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु नियन्त्रणमा
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख
साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख