इलाका प्रहरी कार्यालय हरिवनबाट थुनुवा फरार 

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
इलाका प्रहरी कार्यालय हरिवनबाट थुनुवा फरार 

सारांश

  • लागूऔषध मुद्दामा पक्राउ परेका बरहथवा नगरपालिका-९, मुर्तियाका रामअयोधी मुखिया प्रहरीको नियन्त्रणबाट भागेका हुन्।
  • घटनापछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।
  • प्रहरी उपरीक्षक (एसपी) रविन्द्र बहादुर सिंहका अनुसार मुखिया पटकपटक लागूऔषध मुद्दामा पक्राउ पर्ने अभियुक्त हुन्।

 

२५ कार्तिक, सर्लाही – अमलेश शर्मा

सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षबाट एक थुनुवा शनिबार दिउँसो फरार भएका छन्। लागूऔषध मुद्दामा पक्राउ परेका बरहथवा नगरपालिका-९, मुर्तियाका रामअयोधी मुखिया प्रहरीको नियन्त्रणबाट भागेका हुन्।

घटनापछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। प्रहरी उपरीक्षक (एसपी) रविन्द्र बहादुर सिंहका अनुसार मुखिया पटकपटक लागूऔषध मुद्दामा पक्राउ पर्ने अभियुक्त हुन्। छानबिनको क्रममा केही बेरअघि फरार थुनुवालाई पुनः नियन्त्रणमा लिइएको एसपी सिंहले जनाएका छन्।

यस घटनापछि इलाका प्रहरी कार्यालय हरिवनका हिरासत व्यवस्थापन अधिकृत, सेन्ट्रीसहित चारजना सुरक्षाकर्मीलाई जिल्ला झिकाएर घटनाबारे थप छानबिन गरिरहेको प्रहरी जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?