२६ जेष्ठ २०८२, आईतवार

हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित

 

१७ कर्तिक, काठमाडौँ- हङकङमा भइरहेको २०औं हङकङ सिक्सेस प्रतियोगितामा नेपालले अस्ट्रेलियाविरुद्ध रोमाञ्चक जित निकालेको छ।

कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको शानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध ११ रनको जित निकालेको हो। नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनायो। अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन बनाए। त्यस्तै एलेक्स रोसले १४ रन बनाए। नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए।

२ ओभर बलिङ गरेका उनले मात्र २४ रन खर्चिए। त्यस्तै लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो। नेपालका लागि शनिबार पनि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे।

उनले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५१ रन बनाए। त्यस्तै लोकेश बमले ३३ रन बनाए। त्यस्तै विवेक यादवले १२ रन बनाउँदा रसिद खानले १२ रन बनाए। अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए।

यसअघि शुक्रबार नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपाल पुल ‘बी’ बाट क्वार्टरफाइनल प्रवेश गरिसकेको छ। क्वार्टरफाइनलमा नेपालले श्रीलंकासँग आज खेल्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?