राजदेवी नगरपालिकाका ३५० बाढीपीडित परिवारलाई राहत वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १४, २०८१
|
|
१०० पटक हेरिएको
Shares
राजदेवी नगरपालिकाका ३५० बाढीपीडित परिवारलाई राहत वितरण

सारांश

  •  घनघोर बर्षा संगै आएको बाढीको कारण प्रभावित एवं विस्थापित भएका ३५० बाढीपीडित परिवारलाई राजदेवी नगरपालिकाले राहत सामग्री उपलब्ध गराएका छन् ।
  • राजदेवी नगरपालिकामा श्री आधारभुत बिधालय लक्ष्मीपुर बेलबिछवामा आयोजना गरिएको कार्यक्रममा युनिसेफ र छायाँ नेपालको सहकार्यमा खानेपानी तथा सरसफाईका लागी , सुत्केरी महिला तथा बाढ़ी पीडि़त परिवारलाई राहत सामग्री वितरण गरिएका हुन् ।
  • राजदेवी नगरपालिका वड़ा नम्बर -८  का बाढ़ी पीडि़त परिवारलाई राहत वितरण गरिएको राजदेवी नगरपालिकाले जनाए ।

अमरेश कुमार पाण्डेय

१४ कार्तिक, रौतहट।  घनघोर बर्षा संगै आएको बाढीको कारण प्रभावित एवं विस्थापित भएका ३५० बाढीपीडित परिवारलाई राजदेवी नगरपालिकाले राहत सामग्री उपलब्ध गराएका छन् ।

राजदेवी नगरपालिकामा श्री आधारभुत बिधालय लक्ष्मीपुर बेलबिछवामा आयोजना गरिएको कार्यक्रममा युनिसेफ र छायाँ नेपालको सहकार्यमा खानेपानी तथा सरसफाईका लागी , सुत्केरी महिला तथा बाढ़ी पीडि़त परिवारलाई राहत सामग्री वितरण गरिएका हुन् ।राजदेवी नगरपालिका वड़ा नम्बर -८  का बाढ़ी पीडि़त परिवारलाई राहत वितरण गरिएको राजदेवी नगरपालिकाले जनाए ।

फेरी थप छायाँ नेपालद्वारा बाढ़ी पीडि़त परिवारलाई २० लिटरको बाल्टिन, मग, त्रिपाल, चामल-२५ के. जि , चिनी, दाल, नमक, तेल, झुल, साबुन, पेस्ट, पानी राख्ने ५ लिटरको जर्किन, मग, एकुवा ट्याब, साबुन तथा सरसफाई सहितका सामग्री ३५० जनालाइ वितरण गरिएको  छायाँ नेपाल को स्थानीय संयोजक राजेश साहले जानकारी दिए ।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राजदेवी नगरपालिका नगर प्रमुख भिखारी प्रसाद यादवले छायाँ नेपाल पालिका बीच समन्वय र सहकार्य गरि  एस्तो राहत योग्य  सामग्री गर्भवती महिला,  महिला, अपाङ्गता भएको व्यक्ति र बालबालिकाको लागि उपलब्ध गराएकोमा नगर प्रमुख यादवले छायाँ नेपाललाई धन्यवाद व्यक्त गर्दै बाढ़ीबाट सवै भन्दा बढ़ी क्षति किसानलाई भएकाृ छ, किसानहरुको भएको क्षतिपूर्तिको उचित मुआब्जा दिने प्रतिबद्धता जनाए ।

बाढ़ीबाट प्रभावित भएका नगरपालिकाका स्थानीय संघ सस्थाको सहयोगमा सवैलाइ राहतको व्यवस्थापन समेत गराउने जानकारी दिए ।राजदेवी नगरपालिकाको बाढ़ी पीडि़त परिवारलाई सहयोग गर्ने संघ सस्था संग सहकार्य गर्न नगरपालिका तयार रहेकोले इच्छुक संघ सस्थालाई आवश्यक सहयोग गर्न आग्रह उनले गरे ।नगरपालिकाले कृषि, भौतिक पूर्वाधार, माछा, तरकारी खेती लगायतका क्षति बारे विबरण संकलन गर्ने कार्य जारी राखेको जानकारी दिदै जसरी भएपनि किसानलाई तथा प्रभावित परिवार समक्ष राहत उपलब्ध गराउने प्रतिबद्धतालाई दोहर्याए ।

पीडि़तलाई हतास नहुन अनुरोध गर्दै नगरप्रमुख यादवले पीडि़तको दुःखमा गर्दै आएको सहयोग निरन्तर जारी राख्न छायाँ नेपाललाई अपील गरे ।  राहत वितरण कार्यक्रममा छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा, उपप्रमख राज कुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, समाजसेवी नबीन सिंह , लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा मन्त्रालय संख्या घटाउन कार्यदल गठन
मधेशमा मन्त्रालय संख्या घटाउन कार्यदल गठन
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४१ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४१ जनालाई कारबाही
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
कांग्रेस निवर्तमान सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस निवर्तमान सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल
प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल