प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
६० पटक हेरिएको
Shares
प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता नर्तिने ३४ उद्योगको विद्युत् लाइन काटेको छ ।
  • गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दे वक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो ।
  • यो अवधिमा ८ उद्योगले भने वक्यौता तिरेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले जानकारी दिए ।

९ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता नर्तिने ३४ उद्योगको विद्युत् लाइन काटेको छ ।

गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दे वक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो । यो अवधिमा ८ उद्योगले भने वक्यौता तिरेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले जानकारी दिए । बाँकी सातवटा उद्योगको भने अदालतमा मुद्दा विचाराधीन भएकाले लाइन नकाटिएको उनले बताए ।

“हामीले दिएको समयसीमामा आठवटा उद्योगबाट वक्यौता तिरियो । अन्यले पनि तिर्ने भनिरहेका छन् । तर, केही प्राविधिक कारणले ती उद्योगले वक्यौता नतिरेपछि हामी लाइन काट्न बाध्य भएका छौँ,” उनले भने, “अहिलेसम्म लाइन कुन–कुनको काटियो भनेर मसम्म तथ्यांक आइसकेको छैन । तर, बक्यौता नतिर्ने ३४ वटाको लाइन काटिएको हो ।”

दुईवटा सरकारी उद्योग भएकाले ती उद्योगको भने लाइन नकाटिएको उनले बताए । स्रोतका अनुसार घोराही सिमेन्ट, सोनापुर मिनरल एण्ड आयल, कसमस सिमेन्ट, एस.आर फुड्स, गोयन्का फुड्स, श्याम प्लास्टिकलगायतको लाइन काटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’
‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’
कृषि विकास बहुउद्देश्यीय सहकारीका सञ्चालकसहित ४ जना पक्राउ
कृषि विकास बहुउद्देश्यीय सहकारीका सञ्चालकसहित ४ जना पक्राउ
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...