१६ वर्षीया किशोरीसँग विवाह गर्दै गरेको अवस्थामा सुनसरीबाट ३ चिनियाँसहित ८ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • सुनसरीको बराहक्षेत्रबाट १६ वर्षीया किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
  • ३ जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरिएको सुनसरीका एसपी सुमन तिम्सिनाले बताए ।
  • धनकुटाको छ थर जोरपाटी–२ घर भएकी १६ वर्षीया बालिकासँग आरोपीहरूले चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेलका ३३ वर्षीय लि टेङसँग विवाह गराउँदै थिए ।

 

८ कार्तिक, काठमाडौँ । सुनसरीको बराहक्षेत्रबाट १६ वर्षीया किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । ३ जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरिएको सुनसरीका एसपी सुमन तिम्सिनाले बताए ।

धनकुटाको छ थर जोरपाटी–२ घर भएकी १६ वर्षीया बालिकासँग आरोपीहरूले चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेलका ३३ वर्षीय लि टेङसँग विवाह गराउँदै थिए । पक्राउ पर्नेमा किशोरीका बुवा, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर घर भएका दीपक दर्जी, बद्रीविक्रम राई, स्याङ्जा घर भएका शीतल गुरुङ, काभ्रे घर भएकी रोशनीमाया तामाङ, चिनियाँ नागरिक डोङ शिहाओ र वु हेजी छन् ।

कानुनअनुसार २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्न र गराउन पाउने व्यवस्था छ । किशोरीलाई प्रलोभनमा पारेर चिनियाँसँग विवाह गराउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?