सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको कति पुग्यो ?
७ कार्तिक, काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको १८ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय पुगेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ६५ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २१३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी



Post Comment