माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ६, २०८१
|
|
५५ पटक हेरिएको
Shares
माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ ।
  • सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काममा ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ ।
  • अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ ।

सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काममा ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका हुन् । उनले खबरदारीसभाको तयारीमा जुट्न पार्टीका सबै कमिटीलाई निर्देशन पनि दिएका छन् ।

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताको खोजी, राहत, घाइतेको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले शुरू गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागिएको माओवादीको भनाइ छ ।

त्यस्तै, सामाजिक न्यायका मुद्दामा सरकारको गम्भीर ध्यानाकर्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिका पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत् प्राधिकरणलगायत सार्वजनिक संस्था, विश्वविद्यालयसहित शिक्षण संस्था र कर्मचारीतन्त्रमा गरिएको चरम राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रको दाबी छ ।

माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्तपीडितका समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुईदलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी थाल्न लागिएको माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने
एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश
प्रतिनिधि सभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना
नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना