रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
२ कार्तिक, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली परिचालन गरिएको छ।

कास्की प्रहरीले सहकारी ठगी आरोपमा अदालतबाट पक्राउ अनुमति पाएपछि अहिले उनलाई नियन्त्रणमा लिन प्रहरीले सिआइबीको टोली खटाएको हो। सिआईबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा टोली परिचालित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

पार्टी कार्यालय पुगेको सिआइबीको टोलीसँग उनले आधा घण्टाको समय मागेका छन्। अहिले रास्वपा पार्टी कार्यालयमा मानिसहरूको बाक्लो उपस्थिति रहेको छ। सीआईबी टोली पुग्नुअघि नै रास्वपा कार्यालय बाहिर प्रहरीको बाक्लो उपस्थिति भइसकेको थियो।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment