लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२९ असोज ,झापा – झापाको भद्रपुर नगरपालिका-५ स्थित बसपार्कबाट लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा असोज २८ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर बसपार्कमा भारत बिहार किसानगंजका ३८ वर्षीय जमकोद खाँन र १७ वर्षीय आयान खाँनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, उनीहरुको साथबाट ५२ ग्राम २९० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ। पक्राउ परेका दुबैजनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ। यस घटनाले लागुऔषध ओसारपसारमा संलग्न गिरोहबारे थप तथ्य पत्ता लाग्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment