भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या
काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ। मुम्बईको बान्द्रामा गएराति आक्रमणकारीले उनीमाथि दर्जनौँ गोली प्रहार गरेका थिए ।

मुम्बई प्रहरीले अहिलेसम्म गोली हान्ने समूहको पहिचान नभएको र खोजी जारी रहेको जनाएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। छोरा जीशान सिद्दिकीको कार्यालय बाहिर निर्मल नगरको कोलगेट मैदान नजिकै उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।






Post Comment