भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या
काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ। मुम्बईको बान्द्रामा गएराति आक्रमणकारीले उनीमाथि दर्जनौँ गोली प्रहार गरेका थिए ।
मुम्बई प्रहरीले अहिलेसम्म गोली हान्ने समूहको पहिचान नभएको र खोजी जारी रहेको जनाएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। छोरा जीशान सिद्दिकीको कार्यालय बाहिर निर्मल नगरको कोलगेट मैदान नजिकै उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment