मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण शुरू
२२ असोज, काठमाडौं । मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न शुरू गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मङ्गलवार मेलम्चीबाट सुन्दरीजलमा ल्याइएको खानेपानी खोलेसँगै उपत्यकाका वितरणको शुरूवात गरिएको हो ।
खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमवार राति भएको वार्तामा उपत्यकामा पानी पठाउने विषयमा सहमति भएको थियो । वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment