दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २२, २०८१
|
|
३५ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा

सारांश

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ ।
  • आगजनी भएको एक ट्रक चालकको मृत्यु भएपछि प्रहरीले प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का ८ जनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको हो ।
  • प्रहरीका अनुसार झापाको हल्दीबारी–१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी–१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका– ९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ ।

२२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ ।

आगजनी भएको एक ट्रक चालकको मृत्यु भएपछि प्रहरीले प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का ८ जनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको हो । प्रहरीका अनुसार झापाको हल्दीबारी–१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी–१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका– ९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ ।

यही असोज ६ गते राति साढे १० बजे झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रक र असोज ७ गते बिहान साढे २ बजेतिर बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्ल्यूबी ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा प्रसाईंका समर्थकले आगजनी गरेका थिए ।

गिरीबन्धु टी इस्टेट नजिक आगजनी गरिएको ट्रक चालक पोदो रायको भारतमा उपचारको क्रममा यही असोज १९ गते मृत्यु भएको छ । उनको उपचार भारतस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटलमा भइरहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना
आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
पाँच प्रदेशमा फैलियो लम्पी स्किन
पाँच प्रदेशमा फैलियो लम्पी स्किन
प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने
प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने
राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, कुन–कुन विषय समेटिए ?
राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, कुन–कुन विषय समेटिए ?
८० हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
८० हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
एमाले अखिलको अध्यक्षमा कडरिया, महासचिवमा धामीको नाम प्रस्ताव
एमाले अखिलको अध्यक्षमा कडरिया, महासचिवमा धामीको नाम प्रस्ताव