मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २१, २०८१
|
|
३६ पटक हेरिएको
Shares
मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु

सारांश

  • जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चालक र पछाडि बस्ने गरी छ जना घाइते भएको तथा घाइतेमध्ये गम्भिर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाका आदिखोला गाउपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजेको समयमा मृत्यु भएको हो ।
  •   स्कुटरको पछाडि सवार स्याङ्जाको फेदीखोला गाउपालिका-२ बस्ने १७ वर्षीय रश्मि शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ ।
  •  त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको रिजालले जानकारी दिए।

२१ असोज, नारायणगढ– जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना  घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चालक र पछाडि बस्ने गरी छ जना घाइते भएको तथा घाइतेमध्ये गम्भिर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाका आदिखोला गाउपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजेको समयमा मृत्यु भएको हो । 

स्कुटरको पछाडि सवार स्याङ्जाको फेदीखोला गाउपालिका-२ बस्ने १७ वर्षीय रश्मि शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ । त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको रिजालले जानकारी दिए।

ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडी बस्ने गैडाकोट नगरपालिका–८ नवलराससी (वर्दघाट सुस्ता पूर्व) की बिविका सापकोटाको अवस्था समान्य घाइते रहेको र उनीहरूको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानको नयाँ प्रस्ताव अस्वीकार गर्ने ट्रम्पको संकेत
इरानको नयाँ प्रस्ताव अस्वीकार गर्ने ट्रम्पको संकेत
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन
सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ
एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला
एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु, ४० जना घाइते
भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु, ४० जना घाइते
पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला 
पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला