तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

सारांश

  • व्यापारमा घाटा र मन अशान्त हुनेछ ।
  • राजनीतिक संगठनमा समस्या हुनसक्छ ।
  • न्यायको पक्षमा गरेको प्रयास सफल हुनेछ ।

मेष : शुभकार्यमा अवरोध हुनेछ । व्यापारमा घाटा र मन अशान्त हुनेछ । राजनीतिक संगठनमा समस्या हुनसक्छ । न्यायको पक्षमा गरेको प्रयास सफल हुनेछ । शिक्षाको लगानीमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध शान्त बन्नेछ ।

वृष : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । यो क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ । परिवारले साथ दिनेछन् । तपाईंलाई ग्रहले साथ दिएका छन् । बिहानै गणेशको पूजा गरेमा दिन सहज बन्नेछ ।

मिथुन : कार्यशैलीकै कारण मन अशान्त बन्नेछ । साना कुराले सताउने छ । इष्टदेवको सेवा गरेर अगाडि बढेमा मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ ।

कर्कट : शुभग्रहको बहुमत भएकाले काम बन्नेछ । धार्मिक अभियान्तासँगको भेटले मनमा उत्साह बढ्नेछ । शान्ति र सम्पत्तिले साथ दिनेछ । परिवारको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : मन अशान्त बन्नेछ । शंका गर्नेको संख्या बढ्नेछ । साथी र राजनीतिक संगठनको बलमा काम सफल बन्नेछन् । परिवारमा संवेदनशील अवस्था बाहेक थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ ।

कन्या : दैनिकी राम्रो छ । सोह्र श्राद्धको अन्तिम दिन भएकाले विधिवत पितृको विर्सजन गरेमा दिन सहज बन्नेछ । लगानीको क्षेत्रबाट नाफा र उत्साह थपिनेछ । सम्पत्ति र खर्च बराबर हुनेछ ।

तुला : नसोचेको क्षति हुनसक्छ । राज्यको विसंगतिले दुःखी बनाउने देखिन्छ । बिहान गणेशको स्मण गर्ने बानीले दिन शान्त बन्ला । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : समय सापेक्ष हुन नसक्दा विवादमा अल्झने दिन छ । बिहान गणेशको पूजा गरेमा मन शान्त बन्नेछ । आफन्तबाट धन आर्जन हुने योग रहेको छ । गणेशलाई दुबो चढाउँदा फाइदा हुनेछ ।

धनु : राम्रो कामको सुरुवात हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । परिवारको तर्फबाट सकारात्मक काममा सहयोग मिल्नेछ । दिन शान्त र सहजै बित्ने देखिन्छ ।

मकर : धर्मस्थानमा अनुकुल ग्रह बसेका छन् । पितृले आर्शिवाद दिने दिन छ । राज्य र साथीबाट साथ र सहयोग रहने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । भ्रमणको अवसर जुट्नेछ ।

कुम्भ : अचानक रोग देखिने छ । मनमा रोग बढ्नेछ । मध्य साढेसातको सामना गर्नुपर्ने भएकाले पितृको आर्शिवाद लिएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । यसले दिन शान्त र परिवारमा मेलमिलााप हुनेछ ।

मीन : भाग्य चम्किने दिन छ । आफू शान्त बन्न सके सबै काम बन्नेछन् । राज्य र समाजको सेवामा अवसर मिल्नेछन् । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ खर्च कटौती गर्न सके दिन रमाइलोसँग बित्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा, वातावरण मन्त्रालयलाई ३ अर्ब बजेट
बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा, वातावरण मन्त्रालयलाई ३ अर्ब बजेट
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै
राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै