बाढी पहिरोबाट कोशीमा १४ जनाको मृत्यु, आठ बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १३, २०८१
|
|
११६ पटक हेरिएको
Shares
बाढी पहिरोबाट कोशीमा १४ जनाको मृत्यु, आठ बेपत्ता

सारांश

  • हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
  • प्राप्त जानकारीअनुसार अविरल वर्षाले प्रदेशमा १४ को मृत्यु, १३ घाइते, आठ जना बेपत्ता भएका छन् ।
  • कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालका अनुसार मृत्यु हुनेमध्ये इलामका एक जनालाई खोलाले बगाएर र अन्य सबैको पहिरोमा परेर मृत्यु भएको हो ।

१३ असोज , काठमाडौँ । हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्राप्त जानकारीअनुसार अविरल वर्षाले प्रदेशमा १४ को मृत्यु, १३ घाइते, आठ जना बेपत्ता भएका छन्

। कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालका अनुसार मृत्यु हुनेमध्ये इलामका एक जनालाई खोलाले बगाएर र अन्य सबैको पहिरोमा परेर मृत्यु भएको हो । बेपत्तामध्ये पहिरोले चार र खोलाले चार जनालाई बगाएको छ ।बाढी पहिराले गर्दा सोही अवधिमा चार सय नौ परिवारका एक हजार ६५० जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । उच्च जोखिममा रहेका घर तथा कार्यालयको सङ्ख्या एक हजार ९२ रहेको र ५९ वटा बाटो अवरुद्ध रहेको सूचना अधिकारी दाहालले जानकारी दिए

अविरल वर्षाले इलाममा एक, पाँचथरमा पाँच, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच गरी १४ जनाको मृत्यु भएको छ । प्रदेशमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सूचना अधिकारी दाहालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
एमाले सभाका लागि र्‍याली सुरु
एमाले सभाका लागि र्‍याली सुरु
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव
माओवादी स्थायी समितिको बैठक बस्दै
माओवादी स्थायी समितिको बैठक बस्दै
हुम्ला हिमपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन
हुम्ला हिमपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन
पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना
पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना
जनकपुरविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै
जनकपुरविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...