प्रधानन्यायाधीशमाथि बार अध्यक्षको आरोप : लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ११, २०८१
|
|
२६ पटक हेरिएको
Shares
प्रधानन्यायाधीशमाथि बार अध्यक्षको आरोप : लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस

सारांश

  • नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीशमाथि गम्भीर आरोप लगाएका छन् ।
  •   प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको उनको अरोप छ ।
  • न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेलाई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

११ असोज, काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीशमाथि गम्भीर आरोप लगाएका छन् ।

 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको उनको अरोप छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेलाई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको थियो । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बार

अध्यक्ष घिमिरेले प्रधानन्यायाधीशमाथि आफूले लिएको हिसावकिताव मिलानका लागि न्यायाधीश सिफारिस गरेको आरोप लगाए । बार एशोसिएसनले गैरसंवैधानिक काममा सम्झौता नगर्ने भन्दै उनले अगाडि भने, प्रधानन्यायाधीशज्यु, मलाई थुनेर तपाईँले गरेको गैरन्यायिक र गैर संवैधानिक काम संवैधानिक हुन्छ भने थुन्नुस् । आजै थुन्नुस्, मेरो चुनौति हो ।’उनले संसदलाई पनि प्रधान्यायाधीशले गरेको गैरगैरसंवैधानिक कामको साक्षी नबस्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?