सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ९, २०८१
|
|
४२ पटक हेरिएको
Shares
चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी

सारांश

  • दुई जना घाइते छ‍न्।
  • उनीहरूको उपचार भइरहेको छ।
  • उनीहरू एकै परिवारका हुन्।

 

९ असोज , दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

दुई जना घाइते छ‍न्। उनीहरूको उपचार भइरहेको छ। उनीहरू एकै परिवारका हुन्।चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोटका ३ वर्षीय समीर साहुको मृत्यु भएको हो। उपचारका क्रममा उनको बुधबार बिहान तुलसीुपरस्थित राप्ती प्रादेशकि अस्पतालमा मृत्यु भएको हो।

मंगलबार दिउँसो घरमै बसिरहेका बेला ४२ वर्षीया आमा निमकला साहु, ६ वर्षीया छोरी सविना र ३ वर्षीय छोरा समीर घाइते भएका थिए।उनीहरूलाई सुरूमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। बुधबार बिहान प्रतिष्ठानले तुलसीपुरको प्रादेशिक अस्पतालमा रिफर गरिदिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले ३ वर्षीय समिरलाई मृत घोषणा गरेका थिए। आमा र छोरीको अवस्था मध्य रहेको चिकित्सकलाई उद्धत गर्दै प्रहरीले जानकारी दिएको छ। चट्याङले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या
बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ : सभापति देउवा
अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ : सभापति देउवा
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण
तीन महिनादेखि अदानचुली गाउँपालि प्रमुख प्रशासकीय अधिकृतविहीन
तीन महिनादेखि अदानचुली गाउँपालि प्रमुख प्रशासकीय अधिकृतविहीन
३ लाख पुगेको सुनको भाउ आज घट्यो
३ लाख पुगेको सुनको भाउ आज घट्यो
सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी
वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन