मनसास पार्क प्रहरीले जुलाई २७ देखि अगस्ट २१ सम्मको विवरण मागेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । नरेश पक्षका वकिलले ममता जीवितै रहेको दाबी गर्दै उनलाई छाड्नुपर्ने माग गरेका थिए ।त्यसमाथि अदालतमा भएको सुनुवाइका क्रममा अभियोजक पक्षले गुगलसँग विस्तृत विवरण मागिएको जानकारी गराएका थिए । ममता हराएको केही समयपछि नरेशनले आफ्नो टेस्ला कार पनि विक्री गरेका थिए । प्रहरीले त्यसको क्यामरा फुटेज र कारबाट पनि जीपीएस लोकेशन डाटा निकाल्ने प्रयास गरिरहेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुले ममताको हत्या भइसकेको हुनसक्ने आशंका गरेका छन् ।

तर, हालसम्म फेला नपरेकाले नरेशविरुद्ध शरीर लुकाएको अभियोग मात्र लगाइएको छ । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जिवित नभएको प्रहरी निष्कर्ष छ ।

कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पु¥याएको छ ।अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लूस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अध्यारो पारेर हेर्दा निलो रंग देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।
Post Comment