रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ७, २०८१
|
|
२४ पटक हेरिएको
Shares
रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ततकालीन महामन्त्री डा.
  • मुकुल ढकालले सहकारी ठगीमा मुछिएका पार्टी सभापति रवि लामिछानेको बचाउ नगर्न आग्रह गरेका छन्।
  • सोमबार सामाजिक सञ्जालमार्फत् उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र बसिरहन छुट नभएको बताउँदै समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताएका हुन्।

७ असोज , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ततकालीन महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगीमा मुछिएका पार्टी सभापति रवि लामिछानेको बचाउ नगर्न आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत् उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र बसिरहन छुट नभएको बताउँदै समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताएका हुन्। आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरूलाई समेत अनुरोध गरेका छन्।

‘प्रिय रास्वपा मित्रहरू- हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले

देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् ,’उनले लेखेका छन्,’ विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनुहुँदैन,गर्नुहुँदैन ।’ लामिछानेमाथि सहकारीको अरबौं रकम अपचलन गरेको आरोप छ। सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न गठित छानबिन विशेष समितिले पनि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
भारी बर्षाको सम्भावना छ, सतर्कता अपनाउनूः
भारी बर्षाको सम्भावना छ, सतर्कता अपनाउनूः
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट वनविरुद्ध भ्रष्टाचार मुद्दा
टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट वनविरुद्ध भ्रष्टाचार मुद्दा
एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द
करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द