१२ श्रावण २०८२, आईतवार

वडा सदस्यसहित पाँच जना पक्राउ

 

५ असोज, ।करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको छ । वालिङ नगरपालिका –१३ पाठेखोलाका वडा सदस्य दीपक जिटीसहित २५ बर्षीय मनोज सहानी, ४२ बर्षीय प्रमोद सहानी, सञ्जय सहानी, बालकृष्ण सहानी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।  वडा सदस्यजिटीसहित पाँच जनालाई वालिङ –१ रमवाच्छाबाट पक्राउ गरिएको हो । करेन्टको प्रयोग गरेर माछा मारिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङवाट गएको टोलीले माछा मार्न प्रयोग भएको मेसिन, माछा र गाडीसहित फेला पारेको रानाले बताउनुभयो । पक्राउ परेका जिटीलाई पटक–पटक पक्राउ गर्दै छाडिएको समेत बुझिएको छ । अन्य चार जना रौतहट जिल्लाका वालिङमा पेन्टर काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँच जनालई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारवाही हुने रानाले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?