आफ्नै घरमा ससुरा मृत फेला, ज्वाईं फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ५, २०८१
|
|
४३ पटक हेरिएको
Shares
आफ्नै घरमा ससुरा मृत फेला, ज्वाईं फरार

सारांश

  • पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको हो ।
  • प्रहरीका अनुसार शनिबार विहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटिएको हो ।
  • इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको छ ।

५ असोज , मोरङको पथरीमा एक पुरुष घरमै मृत अवस्थामा भेटिएका छन् ।पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको हो । प्रहरीका अनुसार शनिबार विहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको छ ।घरमा चन्द्रबहादुर र उनको ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई बस्दै आएका थिए । घटनापछि रविन फरार छन् । चन्द्रबहादुरकी श्रीमती र छोरी (रविनकी पत्नी) वैदेशिक रोजगारीमा छन् । घरमा भने ज्वाईं ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुरालीको छेउमै छ ।प्रहरीका अनुसार शुक्रबार राति घरमै मदिरा सेवन ज्वाईं ससुराबीच विवाद भएको थियो । विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन २९ देखि पूरक परीक्षा हुने
साउन २९ देखि पूरक परीक्षा हुने
पठाओ चालक : माइक्रोले ठक्कर दिँदा सर्लाहीका २४ वर्षीय युवकको मृ*त्यु
पठाओ चालक : माइक्रोले ठक्कर दिँदा सर्लाहीका २४ वर्षीय युवकको मृ*त्यु
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल
मन्त्रिपरिषद्का नौ निर्णय सार्वजनिक (सूचीसहित)
मन्त्रिपरिषद्का नौ निर्णय सार्वजनिक (सूचीसहित)
सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन
सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन
नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली
नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली
सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री
सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न