मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ५, २०८१
|
|
५० पटक हेरिएको
Shares
मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन

सारांश

  • उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो।
  •  चालु आवमा कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए।
  • उनका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट रु एक अर्ब ३८ करोड ३९ लाख चार हजार राजस्व सङ्कलन भएको हो।

५ असोज , झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ।उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो। चालु आवमा कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए।उनका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट रु एक अर्ब ३८ करोड ३९ लाख चार हजार राजस्व सङ्कलन भएको हो। कार्यालयले गत आव २०८०/८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य राखेकामा लक्ष्यको ७८ दशमलव चार प्रतिशत राजस्व सङ्कलन गरेको थियो।चालु आवमा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैै आचार्य विजयी
शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैै आचार्य विजयी
नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, बाँकी पाँच आजै
राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, बाँकी पाँच आजै
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
माओवादी पदाधिकारी बैठक बस्दै
माओवादी पदाधिकारी बैठक बस्दै
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
मौसम सम्बन्धी जानकारीका लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा
मौसम सम्बन्धी जानकारीका लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै
प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै