बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
३१ भदौ ,काठमाडौं :पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्।आठजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस गएराति गएराति १ बजे अनियन्त्रित भई पुलबाट आठ मिटर तल खसेको हो। स्थानीय सामुदायिक प्रसूति गृह अस्पताल र सिटी अस्पताल निजगढमा घाइतेको उपचार भइरहेको छ।
सामुदायिक प्रसूति गृह अस्पताल निजगढ बारामा ३४ जनामध्ये गम्भीर ६ र सिटी अस्पताल निजगढ बारामा गम्भीर दुईसहित ९ जनाको उपचार भरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशहवाले जानकारी दिए।
Related posts:
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन, दुर्घटनामा ६६ को ज्यान गयो
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी
घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर दम्पतीको मृ*त्यु
मधेश प्रदेशका आठ जिल्लाको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment