सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३१, २०८१
|
|
२६ पटक हेरिएको
Shares
सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने

सारांश

  • सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज सोमबार आफ्नो प्रतिवेदन संसद्मा पेस गर्ने भएको छ।
  • समितिका सभापति सूर्य थापाले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा समितिको प्रतिवेदन पेस गर्ने बताउनुभएको छ।
  • एमाले सांसद सूर्य थापाको नेतृत्वमा गत जेठ १५ गते गठन भएको संसदीय विशेष छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो ।

३१ भदौ , काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज सोमबार आफ्नो प्रतिवेदन संसद्मा पेस गर्ने भएको छ।Worldlink adsसमितिका सभापति सूर्य थापाले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा समितिको प्रतिवेदन पेस गर्ने बताउनुभएको छ। एमाले सांसद सूर्य थापाको नेतृत्वमा गत जेठ १५ गते गठन भएको संसदीय विशेष छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरूमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो।समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरूसँग गरी ६३ वटा बैठक गरेको थियो । समितिले शनिवार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो।समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहनुभएको थियो भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे, दिलेन्द्रप्रसाद बडू र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडूले समितिको सदस्यको रूपमा काम गर्नुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीले गरे त्रिभुवन विमानस्थलको अनुगमन
गृहमन्त्रीले गरे त्रिभुवन विमानस्थलको अनुगमन
कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमाको-छोरी मृत्यु
कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमाको-छोरी मृत्यु
कर वृद्धिविरुद्ध चाबी बुझाउन हेटौँडा उपमहानगर परिसरमा पुगे व्यवसायी
कर वृद्धिविरुद्ध चाबी बुझाउन हेटौँडा उपमहानगर परिसरमा पुगे व्यवसायी
तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन
तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन
मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
राष्ट्रपतिद्वारा भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध