२६ जेष्ठ २०८२, आईतवार

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक ज्येष्ठ २७ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शनिबार दिनको एक बजे पार्टी कार्यालयमा बैठक बस्नेछ। केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0