प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २६, २०८१
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !

सारांश

  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको कटाक्ष गरेका छन् ।
  •   सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्रीसहितका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर अडिग कस्नुले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ भन्ने चरित्र दर्शाइरहेको टिप्पणी गरेका छन् ।
  • उनले भनेका छन्-  उहिलै मरिन् सासु, अहिले आए आँशु , यो चरित्रले कसरी देश बिगार्दैछ भन्ने उदाहरण ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको कटाक्ष गरेका छन् ।

Worldlink ads

 

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्रीसहितका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर अडिग कस्नुले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ भन्ने चरित्र दर्शाइरहेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्- 

उहिलै मरिन् सासु, अहिले आए आँशु , यो चरित्रले कसरी देश बिगार्दैछ भन्ने उदाहरण । म काठमाण्डौ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईले थाहा पाउनु भन्दा पनि ३ बर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो ।

Tirupati ads

त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले नियुक्त गर्नु भएको महान्यायधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाण्डौको मेयर विद्यासुन्दर शाक्य । यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरे पछि, नदितट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यहि हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन( भ्याकेट ) गर्ने अधिकार रहन्छ ।

प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन ।

sarlahi Golden Hospital

 

हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ ।  उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।

हाम्रो सँधै त्यहि कुरा छ, नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा, पछि धोका पाउनु हुनेछ सरकार बाट अर्को मापदण्ड ल्याएर ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न
वीर अस्पतालको निर्देशकमा डा दीलिप शर्मा
वीर अस्पतालको निर्देशकमा डा दीलिप शर्मा
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सर्वपक्षीय सहमति गरौं : राजेन्द्र लिङ्देन
राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सर्वपक्षीय सहमति गरौं : राजेन्द्र लिङ्देन
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते
आज राष्ट्रिय कर दिवस मनाइँदै
आज राष्ट्रिय कर दिवस मनाइँदै
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर