२६ जेष्ठ २०८२, आईतवार

म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु

 

२१ भदौ , म्यानमारको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु भएको छ।अन्य ११ जना घाइते भएका जुन्तासँग लडिरहेको जातीय सशस्त्र समूहका प्रवक्ताले शुक्रबार बताएका छन्। ‘सेनाले शुक्रबार स्थानीय समयअनुसार करिब राति १ बजे नम्हकम सहरका दुईवटा क्षेत्रमा बमबारी गर्‍याे,’ ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए)का ल्वे याय ऊले भने। आक्रमणमा स्थानीय राजनीतिक दलको एउटा कार्यालय क्षतिग्रस्त भएको छ। नम्हकम चीनको युनान प्रान्तको सीमाबाट करिब पाँच किलोमिटर टाढा छ। गत वर्ष धेरै साताको लडाइँपछि टिएनएलएका लडाकुहरूले उक्त सहरलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए।सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा मानिसले भग्नावशेषबाट घाइेत एक युवकलाई बोकेर लैजाँदै गरेको देखाइएको थियो। एउटा भिडियोमा धेरै भवन क्षतिग्रस्त भएको देखाइएको छ। एएफपी संवाददाताहरूले उक्त भिडियो नम्हकम साइटमा जियोलोकेसन गर्दै उक्त लोकेसेन कहिल्यै अनलाइन देखा नपरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?