नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
२९ पटक हेरिएको
Shares
नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

सारांश

  • दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।
  • बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको नेतृत्व सुम्पिने निर्णय गरेको हो।
  • उनी गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन्।

२१ भदौ , काठमाडौं । दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको नेतृत्व सुम्पिने निर्णय गरेको हो। उनी गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन्। टेलिकमका तत्कालीन एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो। पहाडीलाई असोज १६ को मन्त्रीस्तरीय निर्णयले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमडी पदका लागि जेठ २२ मा दरखास्त आह्वान गरेकोमा त्यसमा १७ जनाले आवेदन दिएका थिए।टेलिकमकी निमित्त प्रबन्ध निर्देशक पहाडीसँगै टेलिकमकै विमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, सुवास साह, शालिकराम सुवेदी, कमल लामिछाने, केदारनाथ कोइराला, शालिग्राम पराजुली र बुद्धिप्रसाद आचार्यले आवेदन दिएका थिए। टेलिकमबाहिरका चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास र रमेशप्रसाद जोशी पनि टेलिकमको नेतृत्व सम्हाल्न इच्छुक देखिएका थिए। जसमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झा, टेलिकमकै निमित्त पहाडीसँगै विमल आचार्यको नाम सिफारिस समितिले सिफारिस गरेको थियो। यिनै तीनमध्येबाट मन्त्रिपरिषद्ले पहाडीलाई नियुक्त गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप आजदेखि, नेपालले बंगलादेशसँग खेल्दै
एक सातामै थपिए ७१९ डेंगु सङ्क्रमित
एक सातामै थपिए ७१९ डेंगु सङ्क्रमित
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
कांग्रेसले बोलायो संसदीय दलको बैठक
कांग्रेसले बोलायो संसदीय दलको बैठक
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
आज बाल दिवस मनाइँदै, राष्ट्रपतिले दिए शुभकामना
आज बाल दिवस मनाइँदै, राष्ट्रपतिले दिए शुभकामना
अधिक तरलता हुँदा अन्तरबैंक दर घट्यो, बढाउन ८० अर्ब निक्षेप संकलन
अधिक तरलता हुँदा अन्तरबैंक दर घट्यो, बढाउन ८० अर्ब निक्षेप संकलन