पप्पु कन्ट्रक्सन सहित २३ निर्माण कम्पनी कालोसुचिमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १७, २०८०
|
|
२९ पटक हेरिएको
Shares
पप्पु कन्ट्रक्सन सहित २३ निर्माण कम्पनी कालोसुचिमा

सारांश

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले दुई दर्जन कम्पनीलाई कालो सूचीमा राखेको छ ।
  • कालोसूचीमा परेकामा कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन लगायत छन् ।
  • मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि चितवनलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा तीन वर्षसम्म कालोसूचीमा राखिएको छ ।

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले दुई दर्जन कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन लगायत छन् । मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि चितवनलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा तीन वर्षसम्म कालोसूचीमा राखिएको छ ।

यसैगरी सुमित रौनियार नेतृत्वको पप्पु कन्स्ट्रक्सन प्रालि र भावेश बोहोरा नेतृत्वको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालि दुई वर्षसम्म कालोसूचीमा परेका छन् । पप्पु/कोशी एण्ड न्यौपाने जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरा र शहीद मार्ग सडक आयोजना लिवाङ रोल्पाले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।

यसैगरी पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र पुष्पलाल राजमार्ग आयोजना कार्यालय दैलेखको सिफारिसमा सुरेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि ललितपुरलाई १ वर्ष ६ महिनासम्म कालोसूचीमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
रङ्गशालाकाे बक्याैता भुक्तानी नदिएर आलाेचित मेयर रेनु दाहाल सहितकाे टाेली सिंहदरबारमा
रङ्गशालाकाे बक्याैता भुक्तानी नदिएर आलाेचित मेयर रेनु दाहाल सहितकाे टाेली सिंहदरबारमा
एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता
एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता
लेखा समिति सभापतिका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी
लेखा समिति सभापतिका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले छाडे रास्वपा
भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
कपिलवस्तुमा अख्तियारका २ सय ३५ उजुरी
कपिलवस्तुमा अख्तियारका २ सय ३५ उजुरी
रुकुम पश्चिमबाट ७ घाइतेलाई काठमाडौँ ल्याइयो
रुकुम पश्चिमबाट ७ घाइतेलाई काठमाडौँ ल्याइयो
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत