विष्णु गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २०, २०८१
|
|
१६ पटक हेरिएको
Shares
विष्णु गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

सारांश

  • विष्णु गाउँपालिकाको स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
  • विष्णु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका स्वास्थ्य कार्यक्रमहको समीक्षा गोष्ठी गरीएको हो ।
  • वार्षिक समिक्षा गाेष्ठीमा गाँउपालिकाका आठ वटै वडाकाे स्वास्थ्य संस्था र पालिका अन्तर्गत हाल सम्म भए गरेकाे काम र सेवा प्रवाह समन्धि पेश गरेकाे प्रगति प्रतिवेदन र लक्ष्य अनुसारको प्रगति हासिल गर्न आइपरेका चुनौती र समस्या माथि छलफल भएकाे थियाे ।

 

सर्लाही । विष्णु गाउँपालिकाको स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । विष्णु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका स्वास्थ्य कार्यक्रमहको समीक्षा गोष्ठी गरीएको हो ।

वार्षिक समिक्षा गाेष्ठीमा गाँउपालिकाका आठ वटै वडाकाे स्वास्थ्य संस्था र पालिका अन्तर्गत हाल सम्म भए गरेकाे काम र सेवा प्रवाह समन्धि पेश गरेकाे प्रगति प्रतिवेदन र लक्ष्य अनुसारको प्रगति हासिल गर्न आइपरेका चुनौती र समस्या माथि छलफल भएकाे थियाे । स्वास्थ्य संस्था बाट दिइने सेवा प्रवाह र आवस्यक स्रोत साधन सम्बन्धि छलफल तथा समिक्षा गरि आगामी वर्षमा सुधार गर्नुपर्ने विषयमा कार्ययोजना बनाएको विष्णु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अन्जय कुमार यादवले बताए।

स्वास्थ्य संस्थाहरुमा थप सुधार र प्रवाह हुने स्वास्थ्य सुबिधा प्रभाकारी बनाउने उदेश्यका साथ समिक्षा भएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखा बाट यस अघि संचालन गरेका कृयाकलाप, स्थानीय तहका स्वास्थ्य संस्था सुधार गर्न र स्वास्थ्य का सबै सुचक पूरा गर्न कार्ययोजना सहित तयार पारेकाे छ ।

पालिकामा उत्कृष्ट काम गर्ने आठ वटै वडाका स्वास्थ्य संस्थाहरु मध्ये वडा नं ३ का मधुवनगोठ स्वास्थ्य चौकी प्रथम वडा न ६ सिमरा स्वास्थ्य चाैकी दाेस्राे र वडा नं ८ बत्रौल स्वास्थ्य चाैकी तेस्रो स्थान प्राप्त गर्न सफल भएका सबै स्वास्थ्य चौकी प्रमुखहरुलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव सापकोटा र जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका डा. नवल किशोर झाले संयुक्तरुपमा सम्मान प्रदान गरेका थिए।

 

दुई दिनसम्म संञ्चालन गरिएको‌ वार्षिक समिक्षा गाेष्ठी कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव सापकोटा, विभिन्न शाखाका शाखा प्रमुख, विभिन्न वडाका वडा अध्यक्ष,‌ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा नवल किशोर झा, तथ्याङ्क अधिकृत लालबाबु सहित ८ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?