बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १८, २०८१
|
|
५० पटक हेरिएको
Shares
बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

सारांश

  • स्वास्थ्य मन्त्रालयले वीर अस्पताल, परोपकार तथा स्त्री रोग अस्पताल, शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल तथा त्रिवि शिक्षण अस्पताल जस्ता ठूला अस्पताल सहित देशभरका ३४ वटा अस्पतालहरूलाई पत्र पठाउँदै  सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो।
  • मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ।
  • ‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णय अनुसार अनुरोध छ’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ।

१८ भदौ , काठमाडौं :  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ताकेता गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) लगायतका सेवा सञ्चालन गर्न ठूला सरकारी अस्पतालहरूलाई पत्राचार गरेको छ।https://press4k.com/स्वास्थ्य मन्त्रालयले वीर अस्पताल, परोपकार तथा स्त्री रोग अस्पताल, शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल तथा त्रिवि शिक्षण अस्पताल जस्ता ठूला अस्पताल सहित देशभरका ३४ वटा अस्पतालहरूलाई पत्र पठाउँदै  सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो। मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ। ‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णय अनुसार अनुरोध छ’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कतिपय सरकारी अस्पतालमा सार्वजनिक विदाको दिन बहिरंग सेवा (ओपिडी) लगायतका सेवाहरू अरु दिनमा जस्तो सञ्चालन नहुने गरेको गुनासो आएको भन्दै ७ भदौमा स्वास्थ्य सचिवलाई पत्र लेखि ध्यानाकर्षण गराएको थियो। भदौ ७ गते पठाएको  उक्त पत्रमा प्रधानमन्त्री कार्यालयले २०८१ सालमा दिइने सार्वजनिक बिदाका विषयमा २०८० पुस १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको र त्यससम्बन्धी जानकारी नेपाल राजपत्रको खण्ड ७३ संख्या ५४ भाग ५ को सूचनामा स्पष्टसँग सार्वजनिक बिदाको दिन पनि सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन हुने व्यवस्था उल्लेख छ।राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरू दिन जस्तै गरी बिदाको दिनमा पनि पूर्ण रूपमा बहिरंग सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ। अस्पतालहरूले सार्वजनिक बिदाका दिन खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा बिदा दिनुपर्ने उल्लेख छ। राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरु दिन जस्तै गरी विदाको दिनमा पनि पूर्ण रुपमा ओपिडी समेतका सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ। तर अस्पतालहरूले सार्वजनिक विदाको दिनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा विदा दिनु पर्ने उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएल: पोखराले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
एनपीएल: पोखराले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
काठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण
काठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
धनुषामा ८३५ किलो गाँजा बरामद
धनुषामा ८३५ किलो गाँजा बरामद
सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
सामान्य विवादको कारण झगडा हुदा एक जना गम्भीर घाइते
सामान्य विवादको कारण झगडा हुदा एक जना गम्भीर घाइते
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
धनुषापछि पर्वतमा पनि एमालेको कुटाकुट, तीन जना घाइते
धनुषापछि पर्वतमा पनि एमालेको कुटाकुट, तीन जना घाइते
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...