अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन

सारांश

  • अस्टेलियाको दक्षिणर्पूी क्षेत्रमा शक्तिशाली आँधी आउँदा एक व्यक्तिको मृत्यु हुनुका साथै दशौँ हजार अस्ट्रेलियाली बिजुलीविहीन भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
  • अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) का अधिकारीहरूले खराब मौसमका कारण रूख ढल्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् ।
  • यसै क्रममा अर्का एक व्यक्तिलाई चोट लागेकाले नजिकैको अस्पतालमा उपचारका लागि लगिएको उनीहरूले बताएका छन् ।

१७ भदौ , । अस्टेलियाको दक्षिणर्पूी क्षेत्रमा शक्तिशाली आँधी आउँदा एक व्यक्तिको मृत्यु हुनुका साथै दशौँ हजार अस्ट्रेलियाली बिजुलीविहीन भएको अधिकारीहरूले सोमबार बताएका छन् ।अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) का अधिकारीहरूले खराब मौसमका कारण रूख ढल्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । यसै क्रममा अर्का एक व्यक्तिलाई चोट लागेकाले नजिकैको अस्पतालमा उपचारका लागि लगिएको उनीहरूले बताएका छन् ।अस्ट्रेलियाकोे भिक्टोरिया राज्यका केही भागमा आइतबार राति एक सय ४६ किलोमिटर प्रतिघन्टाको हावा रेकर्ड गरिएको राज्य आपत्कालीन सेवाले जनाएको छ ।मौसम विज्ञान ब्यूरोले सोमबार भिक्टोरियाका लागि अझ तीव्र हावाको पूर्वानुमान गर्दै मङ्गलबार अवस्था सहज हुनुअघि असिना र आँधीबेहरी आउने आकलन गरेको छ । बिजुली प्रदायक युनाइटेड इनर्जीले प्रभावित राज्यमा बिजुली पुनः निर्माण गर्न धेरै दिन लाग्न सक्ने चेतावनी दिएको छ । भिक्टोरियाका ऊर्जामन्त्री लिली डी एम्ब्रोसियोले सोमबार बिहान पत्रकार सम्मेलनमा केही क्षेत्रमा प्रभावित बिजुलीको मर्मत गर्नु धेरै खतरनाक रहेको बताएका छन् । आइतबार दक्षिण अस्ट्रेलियामा सात हजार घर बिजुली प्रभावित भएको थिए भने टापू राज्य तस्मानियामा बाढी चेतावनी जारी गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने
बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी
बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई
जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो
जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु