जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १६, २०८१
|
|
२६ पटक हेरिएको
Shares
जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :

सारांश

  •  जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् ।
  • जापान पुलिसले हालै सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको देखाएको हो ।
  • जापानको राष्ट्रिय पुलिस एजेन्सीका अनुसार तथ्यांकमध्ये करिब ४ हजार जना मानिसको शव एक महिनापछि मात्रै फेला परेको थियो ।

१५ भदौ, काठमाडौं । जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् । जापान पुलिसले हालै सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको देखाएको हो । जापानको राष्ट्रिय पुलिस एजेन्सीका अनुसार तथ्यांकमध्ये करिब ४ हजार जना मानिसको शव एक महिनापछि मात्रै फेला परेको थियो । १ सय ३० जनाको मृत्यु भएको करिब एक वर्षसम्म पनि थाहा हुन सकेको थिएन । संयुक्त राष्ट्र संघका अनुसार यसबेला जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसंख्या छ । र, त्यहाँ एक्लोपनको गम्भीर समस्याका रुपमा देखा परेको छ । यो रिपोर्ट सार्वजनिक भएसँगै जापानी प्रहरी एजेन्सीले एक्लै बाँच्ने र मर्दा पनि एक्लै हुने गरी पछिल्लो समय जापानमा आइरहेको समस्या उजागर गर्ने विश्वास लिएको छ । जापानको राष्ट्रिय पुलिस एजेन्सीको तथ्यांकअनुसार एक्लै बस्ने करिब ३७ हजार २२७ जना आफ्नै घरमा मृत फेला परेका थिए । त्यसमा पनि ७० प्रतिशतभन्दा बढी ६५ वर्ष माथिका छन् । करिब ४० प्रतिशत मानिसको शव मृत्यु एक दिनभित्रै फेला परेको थियो । जबकी करिब ३ हजार ३९३ जनाको शव एक महिनापछि भेटिएको थियो । बाँकी रहेका १३० जनालाई फेला पर्नुभन्दा अगाडि कसैले पनि ध्यानसम्म पनि दिएका थिएनन् । जापानी पब्लिक टीभी नेटवर्क एनएचकेका अनुसार प्रहरीले यो तथ्यांक एक सरकारी समूहलाई दिइएको छ, जसले बेवारिसे मृत्युबारे जाँच गरिरहेको छ । यसवर्षभन्दा पहिले जापानी राष्ट्रिय जनसंख्या संस्थान र सामाजिक सुरक्षा अनसन्धानले भनेका थिए, ‘ देशमा ६५ वर्ष या सोभन्दा बढी उमेर समूहका नागरिकको संख्या सन् २०५० सम्ममा १ करोड ८ लाख पुग्न सक्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान
धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री
धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री
आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि मनाइँदै
आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि मनाइँदै
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना
कोरलामा व्यापारिक चहलपहल बढ्यो
कोरलामा व्यापारिक चहलपहल बढ्यो
प्रचण्डलाई रुपन्देहीको ओमसतियामा ७१ किलोको माला
प्रचण्डलाई रुपन्देहीको ओमसतियामा ७१ किलोको माला
प्रधानमन्त्री ओलीको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत
प्रधानमन्त्री ओलीको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत
इन्जिनियरका दुःख, एसोसिएसनको चुनाव र उठाइनुपर्ने मुद्दाहरू
इन्जिनियरका दुःख, एसोसिएसनको चुनाव र उठाइनुपर्ने मुद्दाहरू
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण