सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १२, २०८१
|
|
४६ पटक हेरिएको
Shares
देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री लेखक

सारांश

  •  उनले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरू सञ्चालनमा जोड दिए।
  •  सिंहदरबारस्थित अर्थमन्त्रालयमा बुधबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरूपमा काम गर्ने वचनबद्धता व्यक्त गरेका हुन्।
  • ‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन।

 

१२ भदौ , काठमाडौँ- गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरू सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्। उनले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरू सञ्चालनमा जोड दिए। सिंहदरबारस्थित अर्थमन्त्रालयमा बुधबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरूपमा काम गर्ने वचनबद्धता व्यक्त गरेका हुन्। ‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन। लक्ष्यअनुसार राजस्व उठाउने विषयमा अर्थमन्त्रालयले राखेको अपेक्षाअनुसार गृहमन्त्रालयले काम गर्छ,’ उनले भने, ‘मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका निरीक्षकहरूसँग छलफल गरेर राजस्व बढाउन निर्देशन दिएको छु। यसमा हाम्रो पूर्णरूपमा काम गर्ने बचनवद्धता छ।’ गृहमन्त्री लेखकले जग्गा र भवन भएका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउन चाँडै निर्णय गरिने तथा जनशक्ति पठाउन पहल गरिने बताए।‘भन्सार कार्यालयको जनशक्ति कम छ भने बढी जनशक्ति भएको ठाउँबाट ल्याएर काम गर्न सकिन्छ। यसमा मैले सहयोग गर्छु। भारततिर भन्सार कार्यालय छैन भनेर नेपालमा छोटी भन्सार कार्यालय सञ्चालन गर्न नरोकौं। छोटी भन्सार कार्यालय हुँदा राजस्वमा वृद्धि हुन्छ,’ उनले भने।गृहमन्त्री लेखकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई गृह मन्त्रालयले गर्ने काममा कमी कमजोरी भए जुनसुकै बेला सुझाव दिन आग्रह गरे। यस्तै, उनले सीमित स्रोतसाधनका बाबजुद प्रहरीले धेरै भार बोकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए।‘प्रहरीलाई काम गर्न धेरै भार भएको छ। अत्यन्त सीमित स्रोत साधनका भरमा काम गरिरहेका छन्। यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ गृहमन्त्री लेखकले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
जनकपुरमा दिउँसै छुरा प्रहार गरी एक युवकको हत्या
जनकपुरमा दिउँसै छुरा प्रहार गरी एक युवकको हत्या
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध  
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध  
शिक्षकहरूको तलब मासिक रुपमा दिन शिक्षा मन्त्रीको आग्रह
शिक्षकहरूको तलब मासिक रुपमा दिन शिक्षा मन्त्रीको आग्रह
सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा
सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
स्वास्थ्य कार्यालय सर्लाहीको सार्वजनिक अनुरोध !
सुन तस्करीमा डिजिटल वालेट : १ अर्ब २० करोड कारोबार गर्ने एजेन्ट बाराबाट पक्राउ
सुन तस्करीमा डिजिटल वालेट : १ अर्ब २० करोड कारोबार गर्ने एजेन्ट बाराबाट पक्राउ