सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १२, २०८१
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा

सारांश

  • गत सोमबार टुँडिखेलमा गौरा पर्व अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
  • कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायत उपस्थित थिए।
  • जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गरेको आरोपमा मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको छ।

 

१२ भदौ ,प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।गत सोमबार टुँडिखेलमा गौरा पर्व अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायत उपस्थित थिए।जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गरेको आरोपमा मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं परिसरका एसपी नवराज अधिकारीले दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको जानकारी दिए।सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ। ‘सोधपुछका लागि ल्याइएको हो। छानबिन भइरहेको छ। मुद्दा चल्ने नचल्नेबारे आज निर्णय होला,’ उनले भने।अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्न लागिएको हो भन्नेबारे एसपी अधिकारीले छानबिन भइरहेको बताए।गौरा पर्वको कार्यक्रममा सहभागी युवाहरूले प्रधानमन्त्री ओलीको नाम लिएर नाराबाजी गरेका थिए। नाराबाजीप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका थिए।साथै कांग्रेस सभापति देउवाले दर्शकदीर्घाबाट हो-हल्ला भएपछि गौरा पर्वको कार्यक्रम विथोल्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए।‘तपाईंहरू जति कराउनुछ कराउनुस्। लाज पनि छैन गौरा पर्वको कार्यक्रम विथोल्ने?। यही हो नेपालको चलन? बदमासहरू,’ देउवाले भनेका थिए।धेरै मानिस गौरा पर्व मनाउन र गौरा खेल्न टुँडिखेलमा आएको तर केहीले विथोल्न खोजेकोले त्यसलाई जनताले ठिक पार्ने देउवाले बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाको राजीनामा अस्वीकार, पार्टी पराजित हुनुको कारण खुलाइयो
गगन थापाको राजीनामा अस्वीकार, पार्टी पराजित हुनुको कारण खुलाइयो
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक
बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
बेलायतकी अर्थमन्त्रीले दिइन् राजीनामा
बेलायतकी अर्थमन्त्रीले दिइन् राजीनामा
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी